अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा टेवानद्वारा मेनोपज सचेतना
पाेखरा | फागुन ३०, २०८२
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कास्की मोडेल हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रममा पोखरा महानरपालिका वडा नं ६ बैदामस्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि लगायत ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता थियो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.चण्डिका पण्डितले मेनोपज सचेतना सम्बन्धमा विभिन्न विषय बारे जानकारी गराउनुभयो ।
टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेले टेवानले पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिबृद्धि, स्वास्थ्य सेचतना लगायतका विषयमा समय समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवद्र्धन लगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा टेवानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो ।
टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेकोे सभापतित्व एवम् महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक सुधा सुवेदी बराल रहनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल, महिला सञ्जाल बैदामका अध्यक्ष बबिता मल्ल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका अवसरमा सहभागीको सामान्य स्वास्थ्य परीक्षण सहित सुुगर, प्रेसर लगायतको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको थियो भने टेवान र कास्की मोडल हस्पिटलबीच टेवानका सदस्यले लिन सक्ने सेवा सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

